वीरेन्द्रनगरको लाटीकोईलीबाट अवैध काठ बरामद

सुर्खेत । वीरेन्द्रनगरकाे लाटीकोईलीबाट अवैध काठ बरामद गरिएकाे छ । वीरेन्द्रनगर नगरपालिका-९ शिबमन्दिर नजिकैबाट प्रहरीले काठ र नम्बर नखुलेका दुइ वटा मोटरसाईकल नियन्त्रणमा लिएकाे हाे । दुइ जना ब्यक्तिले अबैधरुपमा सालको चिरान काठ तीन फिटका १२ वटा कडी र सात फिटका १२ वटा कडी बरामद गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

काठ ओसारपसार गरिरहेको अवस्थामा सादापाेशाकमा खटिएका प्रहरी टोलीलाई देखेपछि काठ छाडेर दुइ जना भागेकाे प्रहरीकाे भनाइ छ । घटना स्थलमा छोडीएकाे मोटरसाईकल र काठ भने डिभिजन वन कार्यालय वीरेन्द्रनगरलाइ बुझाइएकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया