सुर्खेत उद्याेग वाणिज्य संघकाे चुनाव चैत्र २६ गते गर्ने निर्णय

असन्तुष्ट पक्षद्वारा तालावन्दी

सुर्खेत । सुर्खेत उद्याेग बाणिज्य संघको निर्वाचन आगामी चैत २६ गते गर्ने निर्णय गरिएकाे छ । संघको पदाधिकारीहरुको बैठकले चैत २६ गते निर्वाचन गर्ने निर्णय गरेकाे हाे । यसअघि मंसिरमा बसेको साधारणसभाले चैतमा निर्वाचन गर्ने कार्यतालिका बनाएको थियो ।

हालसम्म सुर्खेतका एक हजार आठसयभन्दा धेरै व्यवसायीले आफ्नो सदस्यता नविनकरण गरिसकेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । उनले अझै पाँच सयसम्म सदस्यहरुको नविकरण गर्न बाँकी रहेको भन्दै फागुन २६ गते नविकरण गर्न सक्ने व्यवस्था रहेको उल्लेख गरे ।

यता केही व्यवासयीहरुले भने सबै नविकरण नगरिएको भन्दै संघको कार्यालयमा तालवन्दी गरेका छन । पदाधिकारीहरुले आफुहरुको सदस्यता नविकरण नगरेको भन्दै तालाबन्दी गरेको जनाएका छन । यता महासचिव कँडेले भने दुइवर्षसम्म नविकरण नगरेका सदस्यहरुको नविकरण नभएको बताए । उनले यसअघि पटकपटक सदस्यहरुलाइ नविकरण गर्न आग्रह गर्दापनि वास्था नगर्दा अहिले यस्तो समस्या आएको बताए । निर्वाचनको मिति नै घोषणा भसकेको अवस्थामा त्यस्ता सदस्यको नविकरण गर्न विधानमा व्यवस्था नभएको उनकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया