सुर्खेतबाट बहुविवाह मुद्दामा ११ महिना कैद फैसला भएका जाेडी पक्राउ

सुर्खेत ।  सुर्खेत प्रहरीले बहुविवाह मुद्दामा ११ महिना कैद र जरिवना फैसला गरेका एक जाेडीलाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-५ चिसापानी बस्ने  भीमबहादुर सुनार र साेही ठाउँका ३३ वर्षीय जानकी सुनार छन् । प्रहरीले उनीहरूलाइ वीरेन्द्रनगर नगरपालिका  १२ सहकारी चोक नजिकबाटै पक्राउ गरेकाे जनाएकाे छ ।

दुवै जनालाइ वहुविबाह मुद्दामा ११ महिना ६ दिन कैद सजाय र पाँच हजार जरिवाना फैसला भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार कार्यालयबाट खटिएकाे सादा पाेशाककाे टाेलीले वीरेन्द्ननगर २ बस्ने भबितव्य ज्यान मुद्दामा पाँच सय  जरिवाना भएको ३८ वर्षीय खगेन्द्रबहादुर राजीसहित तीन जना फरार अभियुक्तहरुलाई पनि पक्राउ गरिएकाे छ । पक्राउ परेका सबैलाइ सुर्खेत जिल्ला अदालतमा बुझाउने कार्य भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया