प्राकृतिक प्रकोपबाट बच्न मुगुमा नमुना अभ्यास

मुगु । हिमाली जिल्ला मुगुमा दैवी प्रकोपबाट बच्न स्थानीयहरुलाई नमुना अभ्यास तालिम प्रदान गरिएकाे छ । दैनिक भान्सामा प्रयोग गरीर्ने ग्यास सिलिन्डर,लगाएत अन्य क्रियाकलाप पनि प्रदान गरिएकाे छ । जुनसुकै समयमा दैवी प्रकोप, आगलागी हुने हुँदा त्यबाट बच्नका लागि जिल्लामा रहेका सुरक्षा निकायहरुले स्थानीयहरुलाई संयुक्त रुपमा आइतबार नमुना अभ्यास तालिम दिएका हुन् ।

जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र दैवी प्रकोप उद्दार समितिको आयोजनामा छायाँनाथ रारा नगरपालिकाको नमुना उच्च माध्यामिक विद्यालयको मैदानमा नमुना अभ्यास तालिम दिइएको हो । विभिन्न प्रकृतिबाट आगलागी हुँदा कसरी आगलागी नियन्त्रण गर्ने, बिरामी र घाइतेको उद्धार कसरी गर्नेलगायतका विषयमा स्थानीय नागरिकहरुलाई जनचेतना दिइएको सशस्त्र प्रहरी बल ४५ नम्बरका गुल्मपति खेम बहादुर के.सीले बताए ।

उनका अुनसार मुगु जिल्लालगायत जिल्लामा आगलागीको उच्च जोखिम रहेकाले आजको यस नमुना अभ्यासबाट नगरपालिकाका नागरिक र अन्य समुदायका नागरिकलाई जनचेतना फैलाउन मद्धत पुगेको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले यस्तो जनचेतनामूलक जानकारी गाँउ, बस्ती र टोल टोलमा गएर दिनुपर्ने बताए । उनले भने, ‘प्राकृति विपत्ति कतिखेर जान्छ कसैलाई थाहा हुँदैन तर, गइसकेपछि पनि हामी त्यसबाट कसरी सुरक्षित हुन सक्छौँ भन्ने चेतना गाउँ, टोल र बस्तीमा गएर दिनुपर्छ ।’

गएको कार्तिक महिनाको २९ गते गमगढी बजारमा भीषण आग लागी हुँदा २१ घर पूर्ण रुपमा नष्ट भएको थियो । बजारमा व्यवसाय गरेर बस्ने व्यवसायी, घरबहालवाला गरि करोडौँ धनमालको क्षति भएको थियो । आगामी दिनमा यस्ता अप्रिय घटनाहरु नदोहोरियोस् भन्ने उद्धेश्यका साथ जिल्लाका सबै सुरक्षाकर्मीहरुको सयुंक्त सहकार्यमा जनचेतना फैलाइएको दैविक प्रकोप उद्दार समिति मुगुका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

तपाईको प्रतिक्रिया