जीपकाे ठक्करबाट बालककाे मृत्यु

हुम्ला । हुम्लामा जीपकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । ताजाकोट गाउँपालिका-२ कवाडी बजारमा ताजाकोटदेखि बाजुराकाे धुलाचौरतर्फ जादै गरेको कर्णाली प्रदेश ०२००१ ज ००४५ नम्बरकाे बाेलेराे जीपले बालकलाइ ठक्कर दिएकाे हाे । 

जीपकाे ठक्करबाट ताजाकोट गाउपालिका २ मैला बस्ने सुर्जबिर लुहारको छोरा अन्दाजी ७ वर्षीय मनिष लुहारकाे मृत्यु भएकाे छ । जीपकाे पछाडीको टायरले ठक्कर दिँदा बच्चाको घटना स्थलमै मृत्यु भएको हुम्ला प्रहरीले जनाएकाे छ । प्रहरीले कालिकोट रास्कोट नगरपालिका-४ २१ वर्षीय छेतान शाहीलाइ नियन्त्रणमा लिएकाे छ । 

तपाईको प्रतिक्रिया