![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
काठमाडाैं । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘रबर सिटी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन १५ फेब्रुअरीबाट अमेरिकामा सुरु भएको हो । निर्देशक पौडेलले सामाजिक संजालमा फिल्म सेटका केही तस्बिर पोष्ट गर्दै छायांकन सुरु भएको जानकारी दिए । भुटानी शरणार्थीको कथामा निर्माण हुन लागेको फिल्म ओहियो राज्यको एक्रोन सहरमा भइरहेको छ । छायाँकनको लागि एक महिनाको समय तालिका छुट्याइएको छ ।
सुशांक मैनालीको मुख्य भूमिका रहने फिल्ममा राधा लम्साल, अरुणा कार्की लगायतको पनि मुख्य भूमिका रहनेछ । फिल्मका केही अमेरिकी कलाकार समेत रहनेछन् । निर्देशक पौडेलले यस अगाडि सफल फिल्म ‘बुलबुल’ बनाएका थिए । ‘रबर सिटी’ले भुटानी शरणार्थीको जीवनमा आउने उतारचढावको कथा भन्ने पौडेलको भनाइ रहेको छ ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७८ फाल्गुन ५, बिहीबार