स्थानीय तहकाे निर्वाचन मिति घाेषणासँगै निर्वाचन आयाेग सक्रिय बन्दै

सुर्खेत । स्थानीय तहको निर्वाचनको मिति घाेषणासँगै  प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचनका गतिविधि बढाएको छ । कार्यालयले मतदान केन्द्रको तयारी, निर्वाचन कार्यालयको स्थापना र जनशक्ती व्यवस्थापन लगायतका काम शुरु गरिएकाे जनाएकाे हाे ।

कार्यालयले आज निर्वाचन संञ्चालन तथा ब्यवस्थापनमा सरोकारवालहरुको छलफलमा आयाेजना गर्दै विभिन्न पालिकाहरुमा पुगेर त्यस क्षेत्रको स्थलगत अनुगमन लगाएका काम समेत भइरहेकाे प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयाे । उहाँले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन सम्वन्धी कामहरु अगाडि बढिसकेको बताउनुभयाे ।

उहाँले सुर्खेतमा १३८ मतदान स्थल रहने भन्दै मतदान केन्द्र २७६ सम्म पुग्ने जानकारी गराउनुभयो । अव फागुन १९ गते सुर्खेतका ९९ वटै वडामा मतदाता नामावली पठाईने भन्दै त्यो समयमा सच्याउनुपर्ने, त्रुटि हटाउने काममा सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो ।

यसअघि सुर्खेतमा दुई लाख १८ हजार ४३ जना मतदाता रहेकोमा अहिले २२ हजार भन्दा धेरै थपिने भएकाले यसपटक दुई लाख ४० हजार पुग्ने निर्वाचन कार्यालयले जनाएको छ । यही फागुन १९ गते स्थानीय तहहरुमा मतदाता नामावली टाँस गरी त्रुटि हटाउने, नाम सच्याउने लगायतका कामहरु सकेपछि चैत १३ गते अन्तिम नामावली प्रकाशित गरिने प्रमुख चालिसेले बताउनुभयो ।

यसैबीच कार्याक्रममा सहभागीहरुले आगामी निर्वाचनमा दलहरुलाई पुर्णरुपमा आचारसहिँताको पालन गराउनुपर्ने, दलका घोषणा पत्रहरु सबैले पढ्न सक्ने गरेर राख्नुपर्ने, मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने सझाएका छन । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचन कार्यालयदेखि, मतदान स्थल र मतदान केन्द्रको पनि उच्च सुरक्षा दिनुपर्ने हुँदा निर्वाचनलाई सफल बनाउन सवैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । यसअघि सुर्खेतका सबै कार्यालय प्रमुखहरुसंग बैठक बसेर निर्बाचनको तयारी लगायत चारवटै सुरक्षा निकायलाई सुरक्षा बन्दोबस्तीको बारेमा छलफल भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया