पाँच वर्ष कैद फैसला भएका फरार अभियुक्त पक्राउ

सुर्खेत । अदालतले पाँच वर्ष कैद सजाय फैसला ताेकेकाे तर फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेकाहरुकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन् । वन्यजन्तु मुद्दामा एक जनालाई पाँच वर्ष पाँच महिना कैद र अर्कालाई लेनदेन मुद्दामा २८ हजार ३९८ जरीवाना फैसला जिल्ला अदालत जुम्लाले गरेकाे थियाे ।

लामाे समयदेखि फरार दुवै जना अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय जुम्लाकाे टाेलीले पक्राउ गरेकाे हाे । उनीहरुलाई  अदालतमा उपस्थित गराइएकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । यता, ईलाका प्रहरी कार्यालय छिन्चुले अवैध काठ नियन्त्रणमा लिएकाे छ ।

भेरीगंगा नगरपालिका वडा नम्बर २ मुलपानीस्थित केराबारीबाट सालका चिरान काठ २३.८६ क्युफिट, तीन वटा नचिरेको गोलिया ६४.२० क्युफिट गरी ८८.०६ क्युफिट काठ नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय छिन्चुमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया