पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं। अहिले सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यन्यत्र भने आंशिक बदली रहेको विभागले जनाएको छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने विभागको भनाइ छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ। आज राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ।

तपाईको प्रतिक्रिया