बाघकाे आक्रमणबाट मृत्यु

बर्दिया । मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका—४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो । आक्रमण गरेपछि स्थानीयले चिच्याउन थालेपछि बाघ भागेको थियो ।

आक्रमणमा गम्भीर घाइते भएकी चौधरीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । उनको शव परीक्षणका लागि गुलरियास्थित जिल्ला अस्पतालमा ल्याइएको उनले जनाए । अन्य ४/५ जना महिलाले भने भागेर ज्यान बचाएका छन् । यस वर्ष बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको निकुञ्जले जनाएको छ । घटनास्थल सदरमुकाम गुलरियादेखि ३४ किमी उत्तर पश्चिममा पर्दछ ।

तपाईको प्रतिक्रिया