नो एमसीसी लेखेर राखिएको बम सेनाले गर्यो डिस्पोज

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमसीसीको विरोध जनाउँदै राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । शुक्रबार विहान वीरेन्द्रनगरको बुलबुले गेटदेखि उत्तरतर्फ सडक किनारामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम फेला परेको हो । नेपाली सेनाको कालिबक्स गण ईन्जिनियरको टोली बम डिस्पोज गरेको सुर्खेत प्रहरीले जनाएको छ ।

कालीबक्स गण (ई) बाट सेनानी मनाेज मल्ल र नयाँ सबुज गणबाट सह-सेनानी केशब खडकाकाे कमाण्डमा गएकाे टाेलीले  बम जस्ताे देखिने शंकास्पद बस्तु डिस्पाेज गरेकाे हाे । बम कस्ले राखेकाे हाे भन्ने  खुलेकाे छैन् ।

 

तपाईको प्रतिक्रिया