सुर्खेतमा नेपाल बन्दकाे आंशिक प्रभाव

सुर्खेत । अमेरिकी सहयाेग सम्बन्धी परियाेजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झाैता आइतबार अनुमाेदन भएपछि आज नेपाल बन्दकाे आह्वान गरिएकाे छ । एमसीसी राष्ट्रघाती रहेकाे भन्दै विप्लव नेतृत्व नेकपासहित ६ राजनीतिक दल र दुई माेर्चाले आज नेपाल बन्दकाे आह्वान गरेका हुन् ।

बन्दले कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा आंशिक प्रभाव परेकाे छ । बन्दका कारण विहानैदेखि लामाे तथा छाेटाे दुरीका सवारीहरु सञ्चालनमा आएका छैनन् । राजधानीबाट बाहिरिने भित्रने कुनै पनि सवारी नचलेकाे कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएकाे छ । साथै, राजधानीकाे बजार पनि ठप्प छ ।

वीरेन्द्रनगरका विभिन्न चाैकहरुमा बन्दकर्ता रहेपनि अहिलेसम्म कुनै अप्रिय घटना भने भएका छैनन् । वीरेन्द्रनगरका प्राय:सबै चाेकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु परिचालन गरिएकाे छ भने, नगर प्रहरीका प्रमुखसहितकाे टाेलीले माेबाइल गस्ती गरिरहेकाे छ ।  प्रहरीले नै सवारीहरुमा हुन सक्ने आगजनी तथा भाैतिक क्षती राेक्न सवारी चालकहरुलाई सुरक्षा अपनाउन डाइभर्ट गरिरहेकाे दृष्यहरु भने देख्न सकिन्छन् ।

तपाईको प्रतिक्रिया