वीरेन्द्रनगर तनावग्रस्त, १० जना प्रदर्शनकारी पक्राउ

सुर्खेत । एमसीसी पाससँगै आज गरिएको बन्दमा सुर्खेत तनावग्रस्त बनेको छ । विप्लवसहित ६ राजनीतिक दल र दुई माेर्चाले गरेकाे बन्दका क्रममा कर्णालीकाे राजधानी समेत रहेकाे वीरेन्द्रनगर तनावग्रस्त बनेकाे हाे ।
वीरेन्द्रनगरकाे मंगलगढी चाेकमा बन्दकर्ता र प्रहरी विच अहिले झडप भईरहेकाे छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अर्सुग्यास हानेकाे छ । तर विभिन्न गल्लीबाट निस्काका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन् । प्रहरीले अहिलेसम्म १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया