कर्फ्यूपछिकाे वीरेन्द्रनगर : सुनसान सडकमा सिसा र ढुंगा, सुरक्षा कडा (दश तस्वीर)

सुर्खेत । एमसीसी पास गरिएपछि साेमबार वीरेन्द्रनगर तनावग्रस्त वन्याे । प्रहरीले बल प्रयाेग नगर्दा मानविय क्षती नभएपनि भाैतिक क्षती भएकाे छ । दिनभर फाेरलेन केन्द्रीत आन्दाेलन ७ बजेपछि एमसीसी पास गर्ने दलहरुका पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजानी गरेका थिए ।

नेपाली काँग्रेसकाे पार्टी कार्यालय आगजनी गर्न प्रदर्शनकारीकाे एक हुल साँझ यरिचाेकबाट हिडेपछि स्थित थप बिग्रिएकाे थियाे । नगर प्रहरीकाे टाेलीले काँग्रेस पार्टी कार्यालय बचाएपनि न्यूराेडबाट प्रवेश गरेकाे प्रदर्शनकारीकाे टाेली एमाले पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।

स्थिति झनै विग्रन थालेपछि स्थानीय प्रशासनले राती सवाँ ८ बजेदेखि आज साँझ ७ बजेसम्म कर्फ्यू आदेश जारी गरेकाे छ । कर्फ्यू जारीपछि पनि साेमबार साँझ उग्र भीडले मंगलगढी र यरिचाेकमा रहेकाे प्रहरी विट जलाइदिएका छन् । कर्फ्यू जारीपछि विहानदेखि सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिति रहेकाे छ । सडकमा अनावश्यक हिडडुल गर्न खाेज्नेलाई प्रहरीले फर्काइरहेकाे छ भने  घरबाहिर ननिस्कन प्रहरीले माइकिङ्ग गरिरहेकाे छ ।

तस्वीर : सुशील खड्का 

तपाईको प्रतिक्रिया