वीरेन्द्रनगरका तीन क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइयो

सुर्खेत । स्थानीय प्रशासनले वीरेन्द्रनगरका तीन क्षेत्रमा लगाइएको निषेधाज्ञा भाेली विहान ६ बजेदेखि हटाइने भएको छ । सोमबार नेपाल बन्दको क्रममा भएको उग्र प्रदर्शनले तोडफोडसँगै भौतिक क्षती पुगेपछि स्थानीय प्रशासनले लगाइएको २३ घण्टे कफ्र्यु हटाएर मंगलबार साँझ सात बजेदेखी निषेधाज्ञा जारी गरेको थियो ।

तर पछिल्लाे २४ घण्टासम्म स्थिति सामान्य बनेपछि निषेधाज्ञा भाेली बिहानदेखि हटाउन लागेकाे जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए । प्रशसनकाले वीरेन्द्रनगरका यरिचौक, मंगलगढी चौक र हटियालाइन क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो । यी क्षेत्रको अवस्था सामान्य भएकाले जारी निषेधाज्ञा हटाउन लागेकाे प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया