सेनाले आयाेजना गरेकाे पश्चिम कमाण्ड युनिटी दाैडकाे उपाधी शाहीले जिते

सुर्खेत । नेपाली सेनाले आयाेजना गरेकाे ‘पश्चिम कमाण्ड युनिटी रन–२०७८’ अन्तरगतको ‘हाल्फ म्याराथुन’मा रेशमबहादुर शाही विजयी भएका छन् । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर नेवारले आयोजना गरेको प्रतियोगितामा २१ किलोमिटर दौडमा शाही प्रथम भएका हुन् । शाहीले एक घण्टा १५ मिनेट १० सेकेण्डमा दुरी पार गरेर विजयी भएका हुन् ।

शाहीसहित २१ किलोमिटर दौडमा नारायण शाही द्वितिय र पंखबहादुर शाही तृतिय स्थान हासिल गरेको प्रमुख सेनानी चन्द्र शेखर काप्रीले जानकारी दिए । उनकानुसार १० किलोमिटर पुरुषतर्फको दौडमा प्रेमबहादुर विष्ट प्रथम, विपिन जैसी द्वितिय र देवा ओली तृतिय भएका छन् ।

यसैगरी, पाँच किलोमिटर पुरुषतर्फ प्रजन थापा प्रथम, प्रकाश बुढा द्वितिय र जनक बोहोरा तृतिय भएका छन् । दौड प्रतियोगितामा १५ सय जनाले सहभागीता जनाएको हेडक्वाटरका प्रमुख सेनानी संजीव भण्डारीले जानकारी दिए । जसमध्ये चार सय महिलाकाे सहभागिता थियो ।

दौडबाट प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नेहरुलाई पुरस्कार वितरण गरिएको थियो । २१ किलोमिटर (हाल्फ म्याराथुन)मा प्रथम, द्वितिय र तृतियलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित ‘गिफ्ट ह्याम्पर’ दिइएको प्रमुख सेनानी भण्डारीले बताए ।

प्रमुख सेनानी भण्डारीका अनुसार १० किलोमिटर दौडतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशः १५ हजार, १० हजार, पाँच हजार र पाँच किलोमिटर दौडतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशः १० हजार सात हजार र पाँच हजार नगदसहित ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो ।

साथै, सो आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत राखिएको थियो भने दौडमा स्थान हासिल गर्ने प्रतियोगीलाई कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, कमाण्ड सेनापती प्रेम शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया