वादी समुदायका बालबालिकालाई सुनचाँदी व्यवसायीकाे सहयाेग

सुर्खेत । वादी समुदायका बालबालिकालाई नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशले फलफुल र शैक्षिक सामग्री सहयाेग गरेकाे छ । वीरेन्द्रनगरकाे खजुरामा रहेकाे बादी सराेकार मञ्चले हाेस्टेल संचालन गरी राखेका १२० जना बालबालिकाहरूका महासंघले फलफुल तथा शैक्षिक सामग्री सहयाेग गरेकाे हाे ।

पछिल्लाे समय उक्त समुदायका बालबालिकाहरूलाइ दैनिक उपभाेग्य सामग्रीकाे चरम अभाव भएपछि महासंघले आफ्नाे नवाैं स्थापना दिवसमा सहयाेग गरिएकाे महासंघका सचिव चित्र सुनारले जानकारी दिए । राहत सामग्री मञ्चका अध्यक्ष हिक्मत बादीलाई प्रदान गरिएकाे छ । उनले संकटका घडीमा गरिएकाे याे सहयाेग सदाका लागि सम्झनामा रहिरहने बताए ।

 

‘अबका केहि वर्ष अर्थात् यि बच्चाहरूकाे शैक्षिक विकास नहुन्जेल अन्त्यन्तै समस्यामा रहने र अहिले भाडा तिर्न, शैक्षिक सामग्रीकाे जाेहाे गर्न तथा खाने खर्च जुटाउनै हम्मे परेकाे उनी बताउँ छन् । कार्यक्रममा महासंघका अध्यक्ष जनक सुनार, लगायतकाे टाेली पुगेर राहत हस्तान्तरण गरेका थिए । कार्यक्रमकाे बारेमा जानकारी दिँदै सचिव सुनारले बादी समुदायका बालबालिकाहरूकाे अबस्था साच्चिकै चिन्ताजनक रहेकाे बताए । उनीहरूलाइ हामी सबैकाे सहयाेगकाे एकदमै खाँचाे र यस प्रकारकाे सहयाेग जुटाइरहन प्रयत्न गर्ने सुनारकाे प्रतिवद्धता छ ।

तपाईको प्रतिक्रिया