कालिकाेटका युवाकाे प्रहरीकाे कुटाइबाट मृत्यु, आफन्त आक्राेशित

सुर्खेत । सुर्खेतमा प्रहरीको कुटाईबाट कालिकाेटका एक युवाकाे मृत्यु भएकाे छ । नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमालको प्रहरी कुटाईबाट मृत्यु भएको हो । शुक्रबार राती नेपालगंज भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गम्भिर घाईते बनाएको आरोप आफन्तले लगाएका छन् ।


‘प्रहरीकाे कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो,’ मृतकका अंकल कलमबहादुर हमालले भने, ‘गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए । उनीहरुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएकोछ छ ।’ हमाललाई उपचारकाे लागि आज विहान सुर्खेत अस्पताल ल्याएपनि अस्पताल नपुर्याउँदै उनकाे मृत्यु भइसकेकाे अस्पतालले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘कुटपिटपछि मृत्यु भन्ने खवर आयो,’ प्रहरी प्रवक्ता घर्तीले भने, ‘विस्तृत विवरण बुझ्दै छौं । अनुसन्धानपछि सवै खुल्नेछ ।’ अहिले ठूला संख्यामा आफन्तहरु सुर्खेत हस्पिटलमा जम्मा भएका छन् । सुर्खेतमा सम्भावित हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक गरिएको छ ।

तपाईको प्रतिक्रिया