हमाल मृत्यु प्रकरण : वीरेन्द्रनगरमा प्रदर्शन, प्रशासनले गठन गर्याे छानविन समिति (फाेटाे फिचर)

सुर्खेत । प्रहरीको कुटाईबाट कालिकोटका एक युवाको मृत्यु भएपछि आफन्तले प्रदर्शन थालेका छन् । शनिवार साँझ यरिचौकमा प्रदर्शन गरेका आफन्तहरुले वीरेन्द्रचौकमा रहेको प्रहरी विटमा क्षती पु¥याएका छन् । नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमालको प्रहरी कुटाईबाट मृत्यु भएको आफन्तको आरोप छ । शुक्रबार राती नेपालगंज भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गम्भिर घाईते बनाएको आरोप आफन्तले लगाएका छन् ।

जनताको सुरक्षा प्रदान गर्ने प्रहरीले नै यस्तो घटना गराउनु दुःखद् भएको सुर्खेत–कालिकोट सम्पर्क मञ्चका अध्यक्ष सत्य शाहीले बताए । उनले आफन्तहरु कालिकोटबाट सुर्खेत आइरहेकाले आइतबार थप शान्तिपूर्ण रुपमा दवावमुलक अन्दोलनका गरिने बताए । उनले कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्नुपर्ने र परिवारलाई उचित क्षतीपूर्ती दिलाउन माग गरेका छन् ।

‘प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो,’ मृतकका अंकल कलमबहादुर हमालले भने, ‘गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए । उनीहरुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ छ ।’ हमाललाई उपचारको लागि आज विहान सुर्खेत अस्पताल ल्याएपनि अस्पताल नपुर्याउँदै उनको मृत्यु भइसकेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीले भने हमालको मृत्यु के कति कारणले भयो भन्नेबारे अनुसन्धान भईरहेको जनाएको छ । सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले ‘कुटपिटपछि मृत्यु भन्ने खवर आएको र विस्तृत विवरण बुझिरहेकाले अनुसन्धानपछि सवै खुल्नेछ ।’

छानविन समिति गठन
हमालको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतको छानविन समिति गठन गरेको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय समितिले गठन गरिएको हो । समितिले प्रतिवेदन पेश गर्ने भएकाले छानविन कार्यमा सहयोग गरिदिन प्रशासनले आफन्तहरुलाई आग्रह गरेको छ । साथै, प्रशासनले शान्ति सुरक्षामा खलल पुग्ने खालका गतिविधि नगर्न समेत अपिल गरेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया