मटा ज्वाईँको बाटो हेर्दै थिइन्, लास आइपुग्यो

सुर्खेत । वीरेन्द्रनगरकी कल्पना महताराले मंसिर ७ गते भागेर कालिकोटका कृष्ण हमालसँग विवाह गरिन् । कल्पनाकी आमा मटा र बुवा दानबहादुरले ज्वाईँको अनुहार देखेका थिएनन् । फोनमा भने कुराकानी हुन्थ्यो । शुक्रबार दिउँसो नेपालगञ्जबाट हिँड्नेबेला कृष्णले सासु–ससुरासँग फोनमा कुरा गरे । ‘राति सुर्खेत आइपुग्छु, भोलि (शनिबार) बिहान भेटेर कालिकोट जान्छु,’ कृष्णले फोनमा भनेको कुरा सम्झँदै मटाले भनिन्, ‘ज्वाईँलाई त भेटेँ, तर लास भइसक्नु भएको रहेछ ।’

शनिबार विहान ज्वाईँ नआएपछि दानबहादुरले फोन सम्पर्क गर्न खोजे । मोवाइल अफ थियो । पौने १० बजेतिर ज्वाईँको नम्वरबाट फोन आयो । ‘तपाईँको आफन्त बेहोस् हुनुहुन्छ, सुर्खेत अस्पतालमा राखेका छौं,’ ज्वाई बेहोस् अवस्थामा अस्पतालमा रहेको खवर पाउने वित्तिकै दानबहादुर र मटा कोलडाँडाबाट अस्पताल आइपुगे । उनीहरु अस्पताल पुग्दासम्म कृष्णलाई डाक्टरले मृत घोषित गरिसकेका थिए ।

तिलागुफा नगरपालिकाका कृष्णको नाग्ममा पसल छ । उनी भे१क ९२२ नम्वरको मिनी ट्रकमा नेपालगञ्जबाट पसलका लागि आवश्यक सामान लोड गरेर कालिकोट जाँदै थिए । मिनी ट्रक सहचालक तिलक शाहीले चलाएका थिए । वीरेन्द्रनगर उपत्यका भित्रिने मुख्यनाका सुब्बाकुनामा प्रहरीले मिनी ट्रक चेकजाँच ग¥यो । चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र गाडीको कागजात फेला नपरेपछि सहचालक र कृष्णलाई कुटपिट ग¥यो ।

सहचालक शाहीका अनुसार कृष्णलाई गाडीबाट ओरालेर प्रहरीले कुटपिट गरेको थियो । कृष्णको शरिरका विभिन्न ठाउँमा चोकपटक लागेको छ । घाँटीदेखि तिघ्रासम्मका विभिन्न भागमा निलडाम देखिन्छ । सहचालक शाहीले सुरुमा प्रहरीले आफूलाई कुटपिट गरेको बताए । ‘मलाई प्रहरीले कुटपिट गर्न थालेपछि उहाँ (कृष्ण)ले प्रतिकार गर्नुभयो,’ उनले भने, ‘त्यसपछि उहाँलाई ट्रकबाट ओरालेर प्रहरीले निर्घात कुटपिट ग¥यो ।’ शाहीले मोवाइल पनि प्रहरीले खोसेर लगेकाले आफन्तहरुलाई फोन गर्न पनि नसकेको बताए ।

छोराको मृत्युको खवर सुनेपछि कालिकोटमा रहेका उनका बुवा–आमा र श्रीमती आउँदैछन् । आफन्तहरुले लास बुझ्न मानेका छैनन् । प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै आफन्तहरुले शनिबार दिनभर वीरेन्द्रनगरमा आन्दोलन गरे । केही प्रहरी वीट तोडफोड भए । प्रहरीको कुटाईबाट चार जना आन्दोलनकारी घाइते भएका छन् ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएको छ । ‘चालकले मदिरा सेवन गरेको र कागजात पनि नभएकाले ट्रकबाट झारेर अर्को ट्रकमा पठाएका थियौं, फेरि उनीहरु फर्केर गाडीमै सुतेछन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले भने, ‘शनिबार साढे आठ बजेतिर चालक बलबहादुर जिसीलाई गाडी बुझाएका हौं ।’ प्रहरीले सुब्बाकुनाबाट आएको गाडीले पेट्रोल पम्पमा तेल हालेर जुम्लारोडमा रहेको ओम बुद्ध ट्रेडिङमा समान लोड गरेको देखिएको बताएको छ । ‘त्यहीँ बेला कृष्ण एक्कासी विरामी भएर अस्पताल पु¥याउँदै गर्दा बाटोमा मृत्यु भएको देखिन्छ,’ उनले भने, ‘घटना अनुसन्धाकै क्रममा रहेकाले अहिलेनै धेरै कुरा भन्न मिल्दैन् ।’

तपाईको प्रतिक्रिया