हमाल मृत्यु प्रकरण 

सुब्बाकुना प्रहरी इन्चार्ज धामी विरुद्ध किटानी जाहेरी दर्ता (भिडियाे)

सुर्खेत । सुर्खेतका कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शंकास्पद मृत्यु भएको घटनालाई लिएर सुब्बाकुना प्रहरी इन्चार्ज (सई) शेरसिंह धामी विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरेका छन् । मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ बर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् । प्रहरीको कुटाईबाट हमालको मृत्यु भएको भन्दै प्रहरी इञ्चार्ज धामी विरुद्ध किटानी जाहेरी दर्ता गर्न गरेका हुन् ।

शुक्रबार साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्धार सुब्बाकुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर हमाललाई कुटपिट गरेर मृत्यु भएको उनीहरुको आरोप छ । जाहेरीमा भनिएको छ, ‘भे १ क ९२२ को मिनिट्रकका सह चालक तिलक शाही पुर्व चिनजानका मानिस समेत भएकाले निजका साथमा लाथि नेपालगञ्ज र्फ गएको सो ट्रकमा खुद्रा समान लोड गरी सुर्खेत तर्फ फर्कने क्रममा सुब्बाकुना आएको समयमा हमाल सवार गाडी रोकी चौकिमा इन्ट्री गर्न गएको समयमा नानाभाती गालि गलौच गरी गाडीका कागजात माग गर्नु भएमा गाडी चौकि भित्र हाल्न लगाइ ड्राइभरले गाडी भित्र हाली निज सहचालक तिलक शाहीलाई कुटपिट गरेपछि मृतक हमालले ड्राइभरलाई किन पिट्नु भयो भनेर सोध्ने क्रममा निज शेरसिंह धामीदे जबरजतस्ती सडक भिाजको गेट भित्र लगेका थिए ।

त्यहाँ हमाललाई निल डाम, मराणसन्न हुनेर गरी कुटपिट हानमार गर्दे ड्राइभर तिलक शाही र मृतक हमाल समेतको भिडियो बनाए । त्यसलगत्तै अर्को आउँदै गरेको ट्रकमा प्रहरी इञ्चार्ज शेरसिंहले मृतक हमाल र ड्राइभर शाहीलाई बाँगेसिमलसम्म पु¥याईदिनु भनी गेट बाहिर पठाईएको हो ।’

दर्ता गराइएको जाहेरीमा हमालको प्रहरीको कुटाइबाट नै हमालको मृत्यु भएको दाबी गरिएको छ। हमालले आफ्नो संवेदनशिल अंगमा कुटपिट गरी म असक्त भएको बताएको पनि जाहेरीमा उल्लेख छ । वीरेन्द्रनगरकै चाइनापुल पुग्दा अन्य सबै जना गाडीबाट निस्कदा उनी निस्कन सकेनन’, जाहेरीमा भनिएको छ,‘त्यसपछि उनलाई गाडीभित्रै सुताइ थप सामान ट्रकमा लोड गरीसकेपछि गाडीमा पुग्दा कृष्ण बेहोस अबस्थामा भेटिए । हतारमा सुर्खेत अस्पताल भर्ना गर्दा अस्पतालले मृत्यु भएको घोषणा गरेको हो ।’

तपाईको प्रतिक्रिया