हतियार बाेकेर गाउँ घुम्छन कुसे गाउँपालिकाका अध्यक्ष बस्नेत

सुर्खेत । जाजरकोटमा रहेकाे कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत हतियार बाेकेर गाउँ घुम्ने गरेकाे तस्वीर सार्वजनिक भएकाे छ । नेपाली कांग्रेस जाजरकोटका सचिव  समेत रहेका बस्नेत हतियार बाेकर गाउँ घुम्ने गरेका हुन् । स्थानीय तहको निर्वाचन पूर्व गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् र उनको आलोचना भइरहेको छ । कार्यक्रममा हतियारसहित जाने गरेपछि नेपालीरैबारलाई प्राप्त तस्विरमा उनी मोटरसाइकलमा यात्रारत देखिन्छन् । पछाडि पट्टि उनले बन्दुक भिरेको प्रष्ट देखिन्छ ।

‘उहाँकाे स्वभावै यस्तै हाे की जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्नुहुन्छ’, एक जनप्रतिनिधिले भने, ‘हामीले त्यस्तो नगर्नुस् भन्दा मान्नु हुन्न,  उहाँसँग हिड्न पनि डर लाग्न थालिसक्याे ।’ जनताले जिताएर जनप्रतिनिधिमा हामी निर्वाचित भएकाले अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको ति जनप्रतिनिधिकाे भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘उहाँले बोक्नु भएको बन्दुक लाइसेन्स प्राप्त बन्दुक हो । उहाँले नेपालगन्जमा दर्ता गराएको भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘लाइसेन्स भएका बन्दुक केही क्षेत्रमा मात्रै बोक्न पाइन्छ । तर सार्वजनिकरुपमा बोकेर हिँड्न पाइादैन ।’

उनले हतियारको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । हतियारकाे बाेक्नुकाे कारण साेध्न अध्यक्ष बस्नेतलाई सम्पर्कमा ल्याउने प्रयास गरेपनि उनकाे माेबाइल स्वीचअफ छ ।

 

तपाईको प्रतिक्रिया