बन्दुक बोकेर हिड्ने अध्यक्षले सीडिओ समक्ष भने : अबदेखि बोक्दिनँ

सुर्खेत । बन्दुक बोकेर गाउँ–गाउँ हिडने पालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जाजरकोटका प्रमुख जिल्ला अधिकारी समक्ष अबदेखि नबोक्ने प्रतिवद्धता व्यक्त गरेको छन् ।

नेपाली कांग्रेस जाजरकोटका सचिव समेत रहेका जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष बस्नेतको बन्दुक बोकेर गाउँ डुलेको फोटो केहीदिनअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

जाजरकोटका प्रजिअ रामबहादुर शाहीले अध्यक्ष बस्नेतले एक सार्वजनिक कार्यक्रममा आफूसँग बन्दुक नबोक्ने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।

प्रजिअ शाहीले भने ‘उहाँसँग बन्दुकको लाइसेन्स रहेछ । देशैभरि बोकेर हिँड्ने अनुमति पाउनु भएकोछ’, तर, उहाँले अहिलेसम्म कसैलाई धम्की दिएको देखिएको छैन । सार्वजनिक पदमा भएका कारण प्रश्न उठ्नु स्वाभाविक हो ।’ उता, अध्यक्ष बस्नेतले एक विज्ञप्ति जारी गर्दै आफूले बन्दुक नबोकेको जिकिर गरेका छन् ।

तपाईको प्रतिक्रिया