दैलेखमा श्रीमानको चक्कु प्रहारबाट श्रीमति गम्भीर घाइते

वीरेन्द्रनगर । दैलेखमा श्रीमानको चक्कु प्रहारबाट श्रीमति गम्भीर घाइते भएकी छन् । जिल्लाको नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्रा शाही माथि २७ वर्षीय उनको श्रीमान बखतबहादुर शाहीले चक्कू प्रहार गरेका हुन् ।

दैलेख प्रहरीका अनुसार घरमा बारम्बार कुटपिट र द्रुव्यवहार हुन थालेपछि गएको पुस २९ गतेदेखि नौमूले गाउँपालिका-८ चौराठास्थित माइतीघरमा बस्तै आएकी उनलाइ सोमबार साँझ माइतीघर पुगेर उनको श्रीमानले भान्साबाट झिकेको चक्कु प्रहार गरेको बताइएको छ ।

सावित्रा माथि चक्कू प्रहार भए लगतै जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाई १४ वर्षीय सुरेश चन्दलाई पनि उनले चक्कु प्रहार गरि घाइते बनाएका छन् । हाल घाइतेहरुको स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि अहिले उपचारको लागि दैलेख अस्पताल पुर्‍याइएको छ । तीनै जनाको उपचार भैरहेको दैलेख अस्पतालका डाक्टर जगत थापाले जानकारी दिए ।

पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’ सम्वन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया