एमाले दैलेखकाे अधिवेशन चैत्र १ र २ गते गर्ने निर्णय

दैलेख । नेकपा (एमाले ) दैलेखले आगामी चैत १ र २ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे छ । मङ्गलबार बसेको जिल्ला कमिटीको १८औँ बैठकले पार्टीको सातौँ जिल्ला अधिवेशनको मिति तोकेको हो । नेकपा (एमाले ) दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायले पुस २३ गते भएको निर्वाचनको सबै प्रक्रिया रद्द भएपछि अधिवेशनको नयाँ मिति तोकिएको जानकारी दिए ।

नेकपा (एमाले ) जिल्ला कमिटी दैलेखको अधिवेशनमा ३१ मत फर्जी भेटिएपछि विवाद भएको थियो । नेकपा (एमाले ) दैलेखको अध्यक्ष पदका लागि यसअघि र वीन्द्रराज शर्मा र सूर्य शाहीबीच प्रतिस्पर्धा भएको थियो । नेकपा (एमाले ) का नेता लोमन शर्माले सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने प्रयास भइरहेको बताए । उनले निर्वाचनको मिति नजिकिँदै आएकाले सर्वसम्मत नेतृत्व चयन गरेर जाने तयारी भएको जनाए ।

तपाईको प्रतिक्रिया