पेशागत मर्यादा कायम राख्न सभापतिमा मेरो उम्मेदवारी : ईन्जिनियर खड्का

सुर्खेत । ईन्जिनियरिङ एसोसिएसन कर्णाली प्रदेशको दोस्रो कार्यकारिणी समितिको फागुन २७ गते हुने चुनावमा एकीकृत प्रगतिशील ईन्जिनियर समूहबाट सभापतिमा ईन्जिनियर नरेश खड्काले आफ्नो उम्मेदवारी दिएका छन् ।

नयाँ नेतृत्वको लागि हुन लागेको ईन्जिनियरिङ कर्णाली प्रदेशको दोस्रो कार्यकारिणी समितिको चुनावमा खड्काले ईन्जिनियरका पेशागत मर्यादा कायम राख्न सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।

 

ईन्जिनियर खड्काले कर्णाली बनाउन, कर्णाली कै नेतृत्व र कर्णाली ईन्जिनियरहरू आजको आश्यकता भएको बताउँदै कर्णाली समग्र विकास साथै सम्पूर्ण ईन्जिनियरहरूलाई करिब पाच प्याकेज बनाएर तालिम दिने योजना समेत अघि सारेको बताए ।

उनले भने ‘पाँच प्याकेजमा खानेपानी, सिचाइ, सडक, भवन, कम्युनिष्ट साथै सार्वजनिक खरिद ऐन, नियम र प्रकिया लगायत, ईन्जिनियर पेशागत मर्यादा कायम राख्न
मैले सभापतिमा उम्मेदवारी दिएको हुँ ।’

यस्तै, खड्काले ईन्जिजियर सम्बन्धि विभिन खालका कार्यक्रम गरि सबैबाट सल्लाह सुझाव लिएर स्थानीय तह र प्रदेश तहमा लोकसेवाबाट लिने परीक्षालाई सातौं तह बनाउन जोडदार माग गर्ने, पारिश्रमिक तोक्ने लगायत विविध विषमा सल्लाह सुझाव माग्दै सबै ईन्जिजियरहरूलाई एकजुट बनाएर अगाडि बढने उनको भनाई रहेको छ ।

यस्ता छन् एकीकृत प्रगतिशील ईन्जिनियर समूहका प्रतिवद्धताहरु

(१) “नेईए सशक्त संरक्षक संस्था” मुल नाराका साथ आम ईन्जिनियरहरुको हक, हीतको संरक्षणको लागि नेईएलाई सशक्त संरक्षक संस्थाको रुपमा विकास गरिनेछ ।

(२) “अनलाईन निर्वाचन प्रणाली” को अवधारणालाई कार्यान्वयन गर्दै आगामी निर्वाचनमा विश्वभरी छरिएर रहेका ईन्जिनियर हरुको नेईएको नेतृत्व छान्न सक्ने अधिकारको सुनिश्चितता गरिनेछ ।

(३) “ईन्जिनियर भवन निर्माण अभियान” नाराका साथ नेपाल ईन्जिनियर्स एशोसियसनका हरेक प्रदेश र शाखाहरुमा आफ्नै भवन निर्माणको लागि कदम चालिनेछ ।

(४) “श्रम ऐनको अनिवार्य कार्यान्वयन” गर्दै सम्पूर्ण इन्जिनियरहरुको नयाँ श्रम ऐन अनुसार न्यूनतम पारिश्रमिक एवं सेवा सुविधा प्रत्याभूत गर्नको लागि विशेष पहल गरिनेछ ।

(५) “सामुहिक बीमा कार्यक्रम” लाई निरन्तरता दिंदै अझै परिष्कृत बनाईनेछ ।

(६) “प्रदेश र स्थानीय तहमा अलग बिकास प्रशासन” नाराका साथ बिकास प्रशासन र सामान्य प्रशासनलाई अलग अलग प्रशासनिक संयन्त्रको रुपमा बिकास गरी ईन्जिनियर समुदायलाई बिकास निर्माणको नेतृत्वमा स्थापित गरिनेछ ।

(७) “प्रमुख कार्यकारी ईन्जिनियर” नाराका साथ अधिकतम इन्जिनियर कार्यरत रहने नेपाल सरकारका संस्था एवं संस्थानहरुमा प्रमुख कार्यकारी इन्जिनियर नै रहने नीतिगत व्यवस्थाको लागि जोडदार पहल गरिनेछ ।

(८) नेपाल इन्जिनियरिङ्ग परिषदबाट मान्यताप्राप्त सम्पूर्ण नयाँ इन्जिनियरिङ्ग विधाहरु (बायोमेडिकल, एरोनटिकल आदि) ले न्यायमूलक ढंगबाट सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारको लागि विशेष पहल गरिनेछ ।

(९) पूर्वाधार विकासको क्षेत्रमा निर्माण कार्य तथा सेवा प्रवाह गर्दा निर्माण कम्पनी तथा परामर्शदाता संस्थाहरुले भोग्नुपरेका प्रकृयागत समस्यालाई निराकरण गर्न विद्यमान सार्वजनिक खरीद ऐन र नियमावलीलाई परिमार्जन गर्न विशेष भूमिका निर्वाह गरिनेछ ।

(१०) NEA Research and Development Forum : स्थापना गरी ईन्जिनियरिङ विधाका विभिन्न क्षेत्रहरुमा कार्यरत विज्ञहरुको संयन्त्र बिकास गरी खोज तथा अनुसन्धानको निरन्तरता एवं अभिलेखीकरण गरिनेछ । साथै ठूला सार्वजनिक निकायमा अत्याधुनिक प्रविधि सहितको Research Wing को स्थापना÷सञ्चालनको लागि पैरवी गरिनेछ ।

(११) हरेक इन्जिनियरहरुलाई देश निर्माणको लागि सफल उद्यमी बनाउनको लागि अन्य स्थापित संघ–संस्थाहरुसङ्ग सहकार्य गरी विशेष सिर्जनशील एवम् प्रोत्साहनमूलक कार्यक्रमहरु संचालन गरिनेछ ।

(१२) केन्द्र, प्रदेश एवं नेईए शाखाहरुमा र आवश्यकता अनुसार स्थानीय तह स्तरमा “विकास निर्माण एवं नीतिगत बहस कार्यक्रम” संचालन गरी केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिनेछ ।

(१३) हाल संचालनमा रहेका इन्जिनियरिङ्ग कलेजहरुमा गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा प्रदान गर्न भोग्नुपरेका समस्या र मुद्दाहरुमा गम्भीर बहस चलाइने छ र निस्केका निष्कर्षलाई कार्यान्वयन गर्न गराउन जिम्मेवार ढङ्गले पहल गरिने छ ।

(१४) निजी इन्जिनियरिङ्ग कलेजमा प्राध्यापन गरिरहेका प्राध्यापकहरुको अनुभवलाई सरकारी इन्जिनियरिङ्ग कलेजहरुको जस्तै उचित मान्यता प्राप्त हुने व्यवस्था मिलाईनेछ ।

(१५) इन्जिनियरिङ्ग शिक्षाको गुणस्तरको स्तरोन्नतिका लागि नेपाल इन्जिनियरिङ्ग परिषद् एवं विश्वविद्यालयहरुसँग अधिकतम् सहकार्य गरिनेछ ।

(१६) ठूला र बहुउद्धेश्यीय आयोजना निर्माण गरी विभिन्न तहहरुका इन्जिनियरहरुको लागि व्यापक रोजगारी सृजना गर्न र कामका लागि विदेश जानुपर्ने वाध्यतालाई निरुत्साहित गर्ने वातावरण मिलाउन सरकारसँग सुविचारित ढंगले हस्तक्षेपकारी पहल गरिनेछ ।

(१७) यूवा तथा वेरोजगार ईन्जिनियरहरुलाई रोजगारी दिलाउन विशेष कार्ययोजनाका साथ पहल गरिनेछ ।

(१८) ठूला निर्माण कार्यमा परामर्शदाता संस्था र निर्माण कम्पनीको संलग्नता गर्दा विदेशी विज्ञको स्थानमा दक्ष र अनुभवी नेपाली विज्ञ तथा संस्थाहरुलाई प्राथमिकताका साथ अवसर दिन सरकारसँग पहल गरिनेछ ।

(१९) विभिन्न विषयका विज्ञहरुको नेतृत्वमा पूर्वाधार निर्माणका विविध विषयहरुको डिजाइनलाई उच्चप्रविधिको उपयोग गरी डिजाईन अटोमेसनमा लगी सम्पूर्ण सेवाग्राहीहरुले छिटो, छरितो र सहीरुपमा सेवा प्राप्त गर्ने व्यवस्थाको नेइएले नेतृत्वदायी पैरवी गर्नेछ ।

(२०) नेपाली समाजको आर्थिक तथा सामाजिक रुपान्तरणको लागि देश तथा विदेशमा रहेका र आफ्नो पेशा तथा व्यवसायमा विशेष दक्षता हाँसिल गरेका विषयगत विज्ञहरुलाई विकास निर्माणको नेतृत्वदायी भूमिकामा स्थापित गर्न विशेष पहल गरिनेछ ।

(२१) “विद्युत ऊर्जा खपतलाई बढाऔं, पेट्रोलियम पदार्थको परनिर्भरतालाई घटाऔं” भन्ने नाराका साथ देशमा ऊर्जा क्षेत्रको दूरगामी बिकासको लागि निरन्तर अभियान चलाईनेछ ।

२२) “समृद्ध नेपाल आजको आवश्यकता, राजनीतिक नेतृत्वमा ईन्जिनियरहरुको सकृय सहभागिता” भन्ने नाराका साथ ईन्जिनियरहरुलाई पूर्वाधार निर्माणसँगसँगै समग्र देशको राजनीतिक नेतृत्वमा स्थापित गर्ने लक्ष्यका साथ कदमहरु चालिनेछ ।

(२३) “कोभिड विरुद्ध निरन्तरको शिक्षा, हरेक ईन्जिनियरहरुको जीवनको सुरक्षा” भन्ने नाराका साथ कोभिड १९ को महामारीलाई परास्त गर्न चिकित्साकर्मी र सुरक्षाकर्मीसँग मिलेर जनचेतना कार्यक्रम संचालन गर्दै ६ महिना भित्रमा हरेक ईन्जिनियरहरुलाई खोप उपलब्ध गराईनेछ ।

(२४) “पूर्वाधार निर्माणको क्षेत्रमा विशिष्ट मापदण्ड, विश्वव्यापी ईन्जिनियरहरुको बीचमा सुमधुर सम्बन्ध” नाराका साथ देश तथा विदेशमा रहेका आम नेपाली ईन्जिनियरहरु र समग्र विश्वव्यापी रुपमा रहेका ईन्जिनियरहरुको बीचमा सुमधुर सम्बन्धको बिकास गर्दै लगिनेछ ।

(२५) “विज्ञान र प्रविधि विकासको मुलमन्त्र, समृद्ध नेपालको लागि वौद्धिक संयन्त्र” भन्ने मुल नाराका साथ विशिष्ट ज्ञान, सीप र क्षमता भएका ईन्जिनियरहरुको बिषयगत बौद्धिक संयन्त्र (Think Tank) निर्माण गरी देशको दीर्घकालीन योजना निर्माण एवं पूर्वाधार बिकासमा हरेक क्षेत्रका ईन्जिनियरहरुको भूमिकालाई स्थापित गरिनेछ ।

(२६) “बचत गरौं, लगानी गरौं र समृद्धिको सम्बाहक बनौं” भन्ने नाराका साथ देश तथा विदेशमा रहेका ईन्जिनियर समुदायलाई प्राकृतिक साधन स्रोतसँग सम्बन्धित आयोजनाहरुको परिकल्पना, निर्माण एवं लगानीको लागि अभिप्रेरित गरिनेछ ।

(२७) “कला संस्कृति र सम्पदाको संरक्षण गरौं, पर्यटन पूर्वाधारहरुको बिकास गरौं” भन्ने मुल नाराका साथ नेपालमा रहेका विविध कला संस्कृतिहरुको संरक्षण, प्रवद्र्धन गर्दै पर्यटन पूर्वाधारहरुको बिकास एवं प्रचार प्रसारका लागि देशव्यापी रुपमा अभियान चलाईनेछ ।

(२८) “ईन्जिनियर कृषि अभियानं” संचालन गरी आफ्नो जन्म गाउँ शहरमा अनिवार्य रुपमा प्रविधिमा आधारित कृषिमा हरेक ईन्जिनियरलाई जोड्न देशव्यापी रुपमा अयिभान चलाईनेछ ।

(२९) “ग्रामीण हरित शहर निर्माण अभियानं” संचालन गरी गाउँबाट शहर र शहरबाट विदेश बसाईसराई हुने गरेको वर्तमान अवस्थालाई न्यूनीकरण गर्नको लागि ग्रामीण हिमाली, पहाडी एवं तराई क्षेत्रमा बसोबासको लागि अभिप्रेरित गरिनेछ ।

(३०) “डिजिटल नेपाल निर्माण अभियानं” संचालन गरी शिक्षा, स्वास्थ्य, विद्युत,खानेपानी, यातायात, संचार, भु व्यवस्थापन लगायतका सरकारी सेवाहरुमा जनताको सहज पहुँच एवं परिष्कृत एवं उच्चतम प्रविधिको उपयोग गरी ईन्जिनियरिङ सेवालाई परिष्कृत बनाउन बिशेष पहल गरिनेछ ।

(३१) “ईन्जिनियरहरुको आव्हान, समृद्ध नेपाल सुखी नेपाली निर्माणमा योगदान” नाराका साथ गौरवका आयोजनाहरुको पहिचान, आयोजना निर्माण, कार्यान्वयन र अनुगमनको लागि संस्थागत सहकार्यको शुरुवात गरिनेछ ।

(३२) “सुविधासम्पन्न ईन्टरनेटमा आम नेपाली जनताको पहुँचं” नाराका साथ बिशेष अभियान संचालन गरी नेपालका हरेक बस्ती बस्तीमा सुविधा सम्पन्न सूचना तथा संचार क्षेत्रका पूर्वाधारहरुको बिकासको लागि निरन्तर पहल गरिनेछ ।

(३३) नेपाल ईन्जिनियर्स एशोसियसनको प्रभावकारी संस्थागत सुदृढीकरण गर्दै इन्जिनियरिङ्ग क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा स्थापित विभिन्न छाता संघ संस्थासँग संस्थागत सहकार्य बिस्तार गर्ने नीति अबलम्बन गरिनेछ ।

तपाईको प्रतिक्रिया