मुखमा ब्राउन सुगर लुकाएर ल्याउने जुम्लाका दुई जना पक्राउ

सुर्खेत । लागु औषधसहित बाँके प्रहरीले  दुई जनालाई पक्राउ गरेको छ । नेपाल भारत सीमा नाका जमुनाहबाट मुखमा लागूऔषध (ब्राउनसुगर) लुकाएर ल्याउँदै गरेको अवस्थामा २२ वर्षीय भरत रावल र ३२ वर्षीय विष्णु रावतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जना तातोपानी गाउँपालिका–३ जुम्लाका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा शंका लागेपछि प्रहरीले चेकजाँच गर्दा रावलको साथबाट तीन ग्राम लागू औधष फेला परेको छ । उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायव निरीक्षक मिनबहादुर विष्ट र लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्जको टोलीले पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया