सुर्खेतमा जारी स्मार्ट लकडाउन हट्यो

वीरेन्द्रनगर । कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहरलाई मध्य नजर गर्दै जिल्ला प्रशसन कार्याल सुर्खेतले जिल्लभार जारी गरेको स्मार्ट लकडाउन हटाएको छ ।
सोमबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसिएमसी)ले  लकडाउन हटाउने निर्णय गरेको हो ।

जिल्ल प्रशासन कार्यालय सुर्खेतका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयहरु, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८, कामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ समेत दिएको अधिकार प्रयोग गरी सुर्खेतान लकडाउन जारी गरिएको थियो ।

यस्तै, प्रशासनले हाल कोभिड–१९ को संक्रमण घट्दै गएको भन्दै २०७८/११/२४ गते देखि लागू हुनेगरी लकडाउन हटाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया