काठमाडाैँका सहायक सिडिओ उपहार बोकेर गृह जिल्ला जुम्लामा

सुर्खेत । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी गाउँलेलाई उपहार बाड्न गृह जिल्ला जुम्ला पुगेर फर्किएका छन् । जुम्लाको हिमा गाउँपालिका जमिएका अधिकारी अहिले काठमाडौँको जिल्लाको सहायक सिडिओ रुपमा कार्यारत रहेका छन् ।

सहयोगी स्वाभावका सहायक सीडिओ उमाकान्त आफनो जन्मभुमीलाई माया गर्दै गाउँलेका लागि नयाँ कार्यक्रम लिएर आउँछन भने गाउँलेको न्यानो माया लिएर फर्कने गरेका छन् ।

गृह जिल्ला जुम्ला पुग्दा अधिकारीले गाउँका सर्वसाधारण नागरिक महिला, बालबालिका र जेष्ठ नागरिकलाई एकसरो न्यानो कपडा उपहार दिएर काठमाडौँ फर्किएका हुन् ।

यस्तै, मेगा विष्णु फाउण्डेशनका संरक्षण समेत रहेका अधिकारीले ४ सय जनालाई न्यानो कपडा बाँडेका हुन । अधिकारीले गाउँमा सेवा गर्न सकियोस भन्ने हेतुले स्वर्गीय बुबा विष्णु अधिकारीको समृतिमा फाउण्डेशन दर्ता गरेर हरेक बर्ष सो फाउण्डेशबाट सहयोग गर्न गृह जिल्ला जुम्ला पुग्ने गरेको उनको भनाई रहेको छ ।

तस्वीर : नेत्र शाही (पत्रकार)

२०६४ सालमा जुम्लाको सहायक सिडिओ भएका अधिकारीले मुगु र म्याग्दी जिल्लामा सिडिओ भएर अनुभव संगाली सकेका छन् । अधिकारीले ग्रह जिल्ला हिमा गाउँपालिकामा पुगेपछि गाउँमा शान्ति सुरक्षाको अवस्था मजबुद बनाउन प्रहरी चौकी स्थापनाको लागि पहल समेत गरेका छन् ।

हिमा गाउँपालिका १ का दत्तबहादुर शाहीले अन्य कर्मचारीहरु मध्ये सिडिओ अधिकारीको सोच, विचार धेरै नै फरक रहेको औलाए । उनले भने, अधिकारीको जन्मभुमि प्रतिको चिन्ता र चासो फरक खालको छ । जो अहिले विस्तारै पुर्ति हुदैछन । गाउँ जादा अधिकारीलाई गाउँले सिडिओ भनेर चिन्दछन । गाउँमा अधिकारीको बसाई निकै फरक हुन्छ । सबै संग साक्षत्कार गर्न चाहन्छन । एक आपसमा दुखसुख साट्न चाहन्छन ।’

यस अघि अधिकारी मुगुमा प्रमुख जिल्ला अधिकारी हुँदा नाग्म गमगडि राजमार्गमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही समेत गरेर बाटो सहज गर्ने प्रशासनिक भूमिका पुरा गरेका थिए ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी भएपनि गाउँको सामाजिक काममा सधै अग्रसर हुने गरेकोमा उच्च प्रसंसा गरे । यसैगरी फाउण्डेसनले मुगु गमगढिका आगलागी पीडितलाई ७० वटा ब्लाङ्केट समेत उपलब्ध गरेको छ ।

तपाईको प्रतिक्रिया