प्रहरीले राती ९ बजे नै होटल बन्द गर्न नपाउने

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स(दोहोरी(क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा स्थान अनुसार कतै प्रहरीले रेस्टुरेन्टहरुलाई राति ९ बजे नै बन्द गराउँदै आएको थियो भने कतै स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा समय सीमा तोकिएको थियो ।

तपाईको प्रतिक्रिया