प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन् । यिनै अंगलाई मिर्गौलाभनिन्छ।
मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ । यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ । यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ ।
मिर्गौला ठीकसँग काम गरे नगरेको कसरी थाहा पाउने ?
– रगतमा युरिन र क्रियाटिन मात्रा हेरेर
– २४ घण्टाको पिसाब जम्मा गरि क्रियाटिन क्लियरेनस पत्ता लगाएर
– रगतमा हेमोग्लोबिन, क्याल्सियम र फस्फोरसको परीक्षण गरेर
– मिर्गौलाको हर्मोन उत्पादन सम्बन्धी जाँच गरेर
मिर्गौला रोगका कारण
– मधुमेह, उच्चरक्तचाप, युरिक एसिड, पिसाब सम्बन्धी संक्रमण, दुःखाइ कम गर्ने औषधिको अधिकतम प्रयोग गर्ने।
– अनावश्यक एन्टीबायोटिकको प्रयोग, पिसाब नलीको बनावटका खराबी, वंशाणुगत रोग, मिर्गौलामा पत्थरी।
मिर्गौला रोगका लक्षण
– थकाइ र कमजोरी महशुस हुनु
– छाला चिलाउनु
– राती बढी पिसाब लाग्नु
– हात गोडा सुन्निनु
– महिनावारी गडबडी
– निदाउन कठिनाइ पर्नु
– आँखा वरीपरी सुन्निनु
– मांसपेशी बाउँडिनु
– कामबासनामा कमी आउनु
– रक्तअल्पता हुनु
यी लक्षण अन्य अवस्थामा पनि हुन सक्ने भएकाले यस्ता लक्षण देखिएकाले तुरुन्तै स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।
मिर्गौला रोगीले अपनाउनु पर्ने सावधानी
– विभिन्न किसिमका रोगबाट बच्ने खोप लगाउने।
– रक्तचाप नियन्त्रण गर्ने।
– रगतमा चिनीको मात्रा नियन्त्रण राख्ने।
– समुचित खानपानमा ध्यान दिने।
– प्रोटिनयुक्त खानेकुरा कम खाने।
– धूमपान तथा मध्यपान नगर्ने
– नियमित रुपमा विज्ञहरूको सल्लाहअनुसार काम गर्ने।
– चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने।
– मधुमेह र उच्च रक्तचापको लागि दिएको औषधि नियमित सेवन गर्ने।
रोकथाम
– प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परिक्षण गराउने।
– अनुशासित जीवन बिताउने।
– सन्तुलित स्वास्थ्य आहार।
– नियमित व्यायाम
– जाँड,रक्सी,चुरोट, बिँडीजस्ता सुर्तिजन्य पदार्थ सेवन नगर्ने।
– विभिन्न रङ तथा केमिकल हालेका खानेकुरा नखाने।
मिर्गौला फेल भएपछिका उपचार विधि
– डायलाइसिस
– मिर्गौला प्रत्यारोपण
एजेन्सी । २०७८ फाल्गुन २६, बिहीबार