रुकुमपश्चिम : बेपत्ता भएको तीन दिनपछि वृद्धाको शव फेला

सुर्खेत । रूकुमपश्चिममा बेपत्ता भएको तीन दिनपछि एक वृद्धाको शव फेला परेको छ । अस्थाई प्रहरी पोष्ट छिबाङ रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका–१३ लामिडाडा बस्ने ७३ वर्षीय कली रोकाको शव फेला परेको हो ।

प्रहरीका अनुसार गत फागुन २३ गते कली रोका घरदेखी बेपत्ता भएकी थिइन् । उनलाई आफन्तले खोजतलास गर्ने क्रममा फागुन २६ गते साँझ साढे ९ बजेको समयमा शव फेला पारेका हुन् ।

कली रोकाको शव दोपाई हाईबाङ जाने ग्रामिण सडकबाट एकसय मिटर तल भीरमा मृत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट प्रहरी टोली खटिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया