आयल निगमको कार्यकारी निर्देशकमा सुर्खेतका थानी नियुक्त

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । तीमध्ये मन्त्रिपरिषद बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया