देवकोटाको ‘ओई सुवा’ बोलको गीत सर्वजनिक

सुर्खेत । शैक्षिक अभियान्ता तथा मिडीयाकर्मी रतन देवकोटाको सूदुरपश्चिम तथा कर्णाली क्षेत्रको लवजमा सजिएको ‘ओई सुवा’ बोलको गीत सार्वजनिक भएको छ । सारेगम लिटिल च्याम्सको भब्य सेटमा छाँयाङ्कन भएको यो गीत ‘डोको’ युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो ।

उक्त गीत देवकोटको शब्द, स्वर तथा संगितमा सजिएको छ भने गीतमा सुवाको भूमिका बबिना पौडेलले निर्वाह गरेकी छन् । बबिना ग्यालेक्सी फोर के मा ‘जी क्याफे’ कार्यक्रम की निर्माता तथा प्रस्तोता हुन् । देवकोटाको यस गीतमा उमेर पुगिसकेको युवाले सुवालाई घरबार जोड्नको लागि अपिल गर्छ । तर सुवाले युवकको कुरालाई इन्कार गर्छे ।

करिब ४ मिनेटको यो गीतको छायाङ्कन आभेषमुनी बज्राचार्य, सुजन थापा तथा अजय हाकुजुले गरेका छन् । भने निर्देशन विशाल अर्यालले गरेका छन् । ‘सुवा’ को अर्थ प्रिया अथवा प्रियसी हो । सूदुरपश्चिम तथा कर्णाली क्षेत्रमा मन परेकी केटीलाई सुवा शब्दले सम्बोधन गरिन्छ । शिक्षा र मिडियामा रुचि राख्ने देवकोटाको यस गीत शृङ्गारिक रसले भरिएको छ ।

यस्तै, विगत ८ वर्षदेखि शिक्षा तथा मिडियामा सक्रिय देवकोटा संगित कम्पोजर, गीतकार तथा गायकका रुपमा परिचित रहेका छन् । देवकोटाले यो कस्तो शिक्षा हो, होमवर्क जस्ता गीतहरू सार्वजनिक समेत गरिसकेका छन् ।

्यरस्तै, देवकोटाले शिक्षा तथा सामाजिक विषयवस्तुमा कलम चलाउने देवकोटाले विभिन्न सामाजिक विषयवस्तु समेटिएका उनका थप गीतहरुमा काम गरिरहेको बताएका छन् । देवकोटा ग्यालेक्सी फोर के टेलभिजनका चर्चित कार्यक्रम युगान्तरका निर्माता तथा प्रस्तोता समेत रहेका छन् ।

भिडीयो

तपाईको प्रतिक्रिया