बुद्धिजीवी परिषद् सुर्खेतकाे अध्यक्षमा लामिछाने

सुर्खेत । नेपाल बुद्धिजीवी परिषद् जिल्ला समिति सुर्खेत नयाँ नेतृत्व चयन गरिएकाे छ । परिषद्काे छैटाैं जिल्ला अधिवेशनबाट थानेश्वर लामिछानेकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेकाे हाे । परिषद्काे उपाध्यक्षमा मदनराज जोशी, सचिवमा वेदप्रकाश ढकाल, कोषाध्यक्ष फूलमती खराल, सहसचिव यामप्रसाद गौतम चयन भएका छन् ।
यस्तै पदेन सदस्य खगेन्द्र थापा, सदस्यहरु भीम रोकाय, ध्रुव अधिकारी, महेन्द्र वि.सी., डिल्लीराम कँडेल, देवेन्द्र वाग्ले, सविना खतिवडा ,गोपाल वि.सी. र तेज सोनाम छन् । परिषद्का तत्कालिन अध्यक्ष खगेन्द्र थापाको अध्यक्षता भएकाे कार्यक्रमले नयाँ नेतृत्व चयन गरेकाे सचिव वेदप्रकाश ढकालले बताए । उनकाअनुसार अधिवेशनमा नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृत कुमार वि.सी. लगायतकाे उपस्थिति रहेकाे थियाे ।
तपाईको प्रतिक्रिया