अधिकारीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

सुर्खेत । नेपाली सेनाका सहायक रथी प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । फागुन २६ गते बसेको मन्त्रीपरिषदको बैठकले अधिकारीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेपछि प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


जंगी अड्डामा भएको कार्यक्रममा अधिकारीलाई दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पदोन्नती भएका अधिकारी राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्त भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया