वावियाचौर लैजाने राष्ट्रिय प्रशारण लाइन : रुट परिवर्तनपछि पूर्णता दिने प्रयास

सुर्खेत । पश्चिम सुर्खेतका नागरिकहरु वर्षौँदेखि विद्युत सेवाबाट बञ्चित छन् । एक नगरपालिकासहित दुई गाउँपालिका पर्ने यी क्षेत्रका नागरिकहरुले राजनीतिक रुपमा नेतृत्व गर्नेलाई माग पूरा गराउँन सदैव ध्यानाकर्षण गराइरहे । यद्यपी पश्चिममा विद्युत पु¥याउन गरेको मागप्रति यहाँबाट प्रतिनिधित्व गर्नेहरु वेखवर बन्दा १० वर्षदेखि टुक्की र सोलारको सहारामा दिनचर्या विताइरहेका छन् । मुख्यगरी निर्वाचनको बेला पेचिलो बनाइने मुद्दा हुन विद्युत र सडक । तर वड्डीचौरदेखी लगाम पुग्ने सडकको हालत अझै सुध्रिएको छैन् भने हालसम्म विद्युतका पोल गाडिएपनि वत्ती कहिले पुग्ने हो भन्ने अन्यौलाता स्थानीयमा छ ।

वीरेन्द्रनगर–वावियाचौर जोड्ने विद्युतको राष्ट्रिय प्रशारण लाइनका लागि फोरलेन सडक किनारामा गाडिएका पोलहरु । यसअघि उपत्यकाको विच क्षेत्रमा गाडिएको पोलहरुमा विवाद भएपछि यो रुट परिवर्तन गरिएको हो ।

वावियाचौर, विद्यापुरमा लघु जलविद्युत र गुटुमा सोलार मिनिग्रिडबाट केही घरमा विद्युत पु¥याइएको छ । सिमित घरहरुमा केही नागरिकहरुले अध्यारोमा उज्यालो सेवा पाएपनि ठूलो हिस्सा विद्युत पहुँच बाहिरै छ । विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको बहाना बनाउँदै चौकुने सिमेन्ट उद्योग अजयराज सुमार्गीले एक दशक बढीदेखी होल्डमा राखेको छ ।

विद्युतको राष्ट्रिय प्रशारण लाईन विस्तारको अवधारणा २०६८ सालदेखी नै शुरु गरिएको हो । वीरेन्द्रनगरस्थित विद्युतको बुदबुदीमा रहेको शव स्टेशनबाट उपत्यकाको विच क्षेत्रबाट कोलडाँडासम्म विद्युतका पोल गाडिएको छ । ठूलै लागानीमा विद्युतका पोल गाडिएको झण्डै दश वर्षपछि रुट परिवर्तन गरिएको छ ।

‘धेरै पहिला उपत्यकाको विच भागबाट पोलिङ्ग गरिएको रहेछ, यसबारे विस्तृत विवरण थाहा छैन,’ नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतका ईन्जिनियर लालबहादुर बोहोराले भने, ‘त्यो क्षेत्रमा अवरोध सिर्जना भएछ, अहिले बुदबुदीबाट बजार क्षेत्रहुँदै बाँगेशीमलबाट लाइन विस्तारका लागि पोलिङ्गको काम सकिएको छ ।’

लाइन विस्तारको क्रममा दीर्घकालिन योजना नपनाउँदा राज्यलाई दोहोरो खर्च भएको छ । बजार क्षेत्रबाट पुनः ठेक्का सम्झौता गरेर करिव दुई करोडको लागतमा दुईसय पन्ध ओटा पोल गाडिएको बोहोरा बताउँछन् । ३३ केभी प्रशारण लाइन पु¥याउनेगरी बावियाचौरमा शव स्टेशन दुई वर्ष अघि नै निर्माण गरिएको हो । बाँगेशीमलदेखी वावियाचौरसम्म विचमा राष्ट्रिय वन पर्ने भएकाले रुख कटानमा अनुमति नहुँदा ढिलाई भएको ईन्जिनियर बोहोरा बताउँछन् ।

‘वन क्षेत्रका रुख कटानका लागि मन्त्रीपरिषद्को बैठकले निर्णय गरिसकेको छ,’ बोहोराले थपे, ‘वन कार्यालयलाई छिटो रुख काटिदिन अनुरोध गरिरहेका छौं, रुख कटान हुँदासम्म शव स्टेशनदेखी बाँगेशीमलसम्म तार तान्ने कामलाई तिव्रता दिँदैछौं ।’

बराहताल गाउँपालिका तथा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका क्षेत्रमा पर्ने १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोगको गर्न दिने निर्णय मन्त्रीपरिषद्ले यसअघि नै गरिसकेको छ । पोल तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रका रुखहरु कटान निर्धारित समयमै वनले गर्नेमा ईन्जिनियर बोहोरा विश्वस्त छन् । ‘पोल गाडिएको क्षेत्रका रुख कटान गरेपछि एकसाथ तार तान्ने काम गर्छौं,’ बोहोराले भने, ‘रुख कटान भएमा बांगेशीमलदेखी बावियाचौरसम्म चालु आर्थिक वर्षमा विद्युत सेवा पु¥याउने लक्ष्य छ ।’

कुल झण्डै चार करोडको लागत रहेको आयोजनामा शव स्टेशनदेखी बाँगेशीमलसम्मको विद्युत पोल र कभर कन्डक्टरसहितको लाइनका लागि एक करोड ९२ लाख बजेट रहेको छ । शव स्टेशनदेखी बाँगेशीमलसम्म प्राधिकरणले पूराना पोल हटाएर एउटै पोलबाट पश्चिम लैजाने ३३ केभी र बजार क्षेत्रको ११ केभी तार राख्नेछ ।

‘फोरलेन सडकको उत्तरतर्फको लाइनमा रहेका सबै पुराना पोल हटाएर एउटै पोलमा लाइन विस्तारहुँदा सौन्दर्यता पनि कायम हुनेछ,’ ईन्जिनियर बोहोरा भन्छन्, ‘नयाँ लाइनमा खुला तार रहनेछैन्, एक्सएलपी कभर कन्डक्टर तार राख्नेछौं, बुझ्ने भाषामा भन्दा प्लाष्टिक कभर रहन्छ ।’ पञ्चपुरी नगरपालिका मेयर उपेन्द्र थापाले यसै वर्ष पश्चिम क्षेत्रमा विद्युत पुग्नेमा विश्वास लिएको बताउँछन् ।

‘वर्षौदेखीको विषय हो, कहिले मुआब्जा विवाद त कहिले वनको विवाद सल्टाउने प्रयास गर्दागर्दै हाम्रै कार्यकाल सकिन लाग्यो,’ थापा भन्छन्, ‘पोल गाड्ने काम सकिएको छ, वनको विवाद सरकारले सुल्झाएको छ, छिटो काम सक्न प्राधिकरण र वनसँग समन्वय गरेर ताकेता गरिरहेका छौं ।’ विद्युतको राष्ट्रिय प्रशारण लाइन नजोडिदा ठूलो उद्योगहरु सञ्चालनमा कठिनाइ भएको मेयर थापा बताउँछन् । हाल वीरेन्द्रनगरको गढीहुँदै फिनिकाँडाबाट बड्डीचौरमा विद्युतको राष्ट्रिय प्रशारण लाइन पु¥याइएको छ ।

तपाईको प्रतिक्रिया