कालीकोटमा विद्युतको सबस्टेसन सञ्चालनमा

कालीकोट । अस्थायी रुपमा निर्माण गरिएको ३३ र ११ केभीको सवस्टेशन कालिकोटमा सञ्चालनमा ल्याइएको छ । ३ एमभीए क्षमताको सबस्टेसन आइतबारदेखी सञ्चालनमा आएको हो । दैलेख–कालिकोट करिब ६६ किलोमिटर ३३ केभी लाइन पनि सञ्चालनमा ल्याइएको छ । कालिकोटमा ३३ र ११ केभी सबस्टेसन पनि निर्माणाधीन छ ।

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवका अनुसार अस्थायी सबस्टेसन सञ्चालनमा आएपछि कालिकोट र जुम्लाको विद्युत् आपूर्तिमा सुधार हुनेछ । ‘अहिले दैलेखबाट करिब १५० किलोमिटर लामो ११ केभी लाइनबाट जुम्लामा विद्युत् आपूर्ति भइरहेको थियो, अब यस सबस्टेसनबाट दिँदा जुम्ला र कालिकोटको विद्युत् आपूर्तिमा सुधार हुने छ’ प्रमुख यादवले भने, ‘कुनै एक ठाउँमा अवरोध हुँदा पूरै क्षेत्रमा बत्ती जाने अवस्था पनि कम हुनेछ ।’ अहिले जुम्लामा समस्या आएमा कालिकोट र दैलेखमा पनि बत्ती जाने अवस्था छ ।

तपाईको प्रतिक्रिया