सशस्त्रको गोताखोर टोलीले खोज्दा पनि वेपत्ता बालबालिका भेटिएनन्

सुर्खेत । शनिवार भेरी नदीमा वेपत्ता भएका तीन जना बालकालिकाहरुको सशस्त्रको गोतोखोर टोलीले खोजी जारी राखेको छ । सोमबार विहान साढे १० बजेबाट सशस्त्र प्रहरीको तालिम प्राप्त चार जना गोताखोर टोलीले नदीमा खोजविन गर्दा पनि बालबालिकाको कुनै पत्तो लाग्न सकेको छैन् । नम्बर ३२ रक्तकालि गण बाँगेशीमल सुर्खेतबाट डिएसपी करण धामी र सशस्त्र प्रहरीकाे शम्शेरगञ्जबाट प्रहरी सहायक निरीक्षकसहितकाे चार जनाकाे टाेलीले खाेजी जारी राखेकाे हाे ।

भेरीगंगा नगरपालिकामा पर्ने रामघाटस्थित दशरथपुर जोड्ने झोलुङ्गे पुलमूनीबाट नदीमा वेपत्ता बालबालिकाको खोजविन थालेको नम्बर ३२ रक्तकालि गण बाँगेशीमल सुर्खेतका एसपी बिमल डाँगीले  नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार सशस्त्रको गोताखोर टोलीले पुलदेखी तल खोज्दा पनि बालबालिकाको शव फेला पर्न सकेको छैन् । ‘गोताखोरको टोलीले पुलदेखी तल ढुंगामा गएर खाेजिरहेकाे छ, अहिलेसम्म बालकाबालिका शव भेटिएका छैनन्,’ डाँगीले भने, ‘गोताखोर टोली खोज्दै रामघाटदेखि सत्तरीतर्फ गइरहेको छ ।’

भेरीगगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा बेपत्ता हुने बालबालिकाहरुमा भेरीगंगा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा छन् ।

प्रहरी, स्थानीयहरुले भेरी नदीको दुई तिरबाट हराईरहेका बालबालिकाहरुको शनिवारदेखी खोजी कार्य गरिरहे पनि नभेटिएपछि सशस्त्रको गोताखोर टोलीले आजदेखि खोज्न शुरु गरेको हो । नदीमा पौडिखेलिरहेका बालबालिकाहरु बगिरहेको स्थानीय रोजिता थापा र लक्ष्मी पज्भैयाले नदीमा बगेको देखेपछि आफन्त र प्रहरीलाई खवर गरेका थिए ।

तपाईको प्रतिक्रिया