सल्यानमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

सल्यान : सल्यान प्रहरीले भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–३ झिम्पे मिलनचोकका मनीषकुमार पुन र लोकबहादुर पुनलाई अवैध भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मनीषको घर नजिकै रहेको भुपाल पुनको गहुँबारीमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

गत फागुन २५ गते मनिषको घरमा राखेको बन्दुक अचानक पड्किदा लोकबहादुर पुन घाइते भएपछि घटना बाहिर आएको पौडेलको भनाइ छ । घाइते लोकबहादुरको औषधि उपचारपछि दुवैजनालाई हातहतियार खरखजाना मुद्दामा इलाका प्रहरी कार्यालय लुहाममा राखी अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया