सल्यानमा रेड मर्करी बहुमूल्य धातु भएको भन्दै ठगी गर्ने तीन पक्राउ

सल्यान । सल्यान प्रहरीले बहुमूल्य धातु रेड मर्करी ओसारपसार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ सेराका २४ वर्षीय गणेश बुढाथोकी, बाँके बैजनाथ गाउँपालिका–४ का ५० वर्षीय होमबहादुर शाह र शोही ठाउँ बस्ने ४६ वर्षीया राधसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिका–९ सेरामा मर्करी बहुमूल्य वस्तु भएको बताउँदै बिक्री वितरण गरेमा धेरै पैसा कमाउन सकिन्छ भनी गाउँघरमा सोझा सिधा मानिसलाई विश्वास दिलाई ठगी गरी रहेको सूचना पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान गरी रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया