पञ्चपुरीका किशोरीलाई आत्मरक्षा तालिम

सुर्खेत । पञ्चपुरी नगरपालिकामा मनोसामाजिक परामर्श तथा किशोरी आत्मरक्षा तालिम शुरू भएको छ । नगरका २५ जना किशोरीहरुका लागि पाँच दिने तालिम कार्यक्रम मंगलबार उद्घाटन गरिएको हो ।

पालिकाका मेयर उपेन्द्रबहादुर थापासहित महिला, बालबालिका शाखा प्रमुख पवित्रा गौतम र युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख तुल्सि केसीको उपस्थितीमा तालिम उद्घाटन गरिएका हुन् ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख थापाले पञ्चपुरी नगरपालिकामा महिला बालबालिकाहरु माथि हुने हिंसाहरु बढिरहेको पस्थितिमा किशोरीहरुको कमजोर मानसिकतालाई परिवर्तन गर्न, किशोरीहरको डर हटाई आत्मविश्वासी बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले कठिन परिस्थितिमा पनि नडराई कार्य गर्न केन्द्रित गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न तालिमले किशोरीहरुलाई सक्षम बनाउने बताए । महिला बालबालिका शाखाका प्रमुख गौतमले नगरमा यस्ता खालका किशोरीहरुको क्षमता विकास गराउने तालिमहरु सञ्चालन गर्न आफुहरु तयार रहेको बताइन् ।

युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख तुल्सी केसीले समुदायमा बालबालिकाहरु माथि हुने विभिन्न हिंसाहरु बढि रहेको अवस्थामा तालिममा सिकेका कुराहरु किशोरीहरुले समुहमा र विद्यालयमा शुक्रबार पढाई पछिको कक्षामा छलफल गरेर सबैलाई जानकारी गराउदाँ तालिमले सार्थकता पाउने बताइन् ।

आवाज संस्थाको आयोजना र टिजिएच जर्मनीको सहयोगमा सञ्चालित तालिमले किशोरीहरुलाई अधिकारको संरक्षण गर्दै यौन शोषण, दुव्र्यवहार, हिंसा र आक्रमण भएको अवस्थामा पनि कसरी आफुलाई सुरक्षित गरि आत्मरक्षा गर्ने भन्ने सीप सिकाइने आवाज संस्थाका कार्यक्रम संयोजक सुशील कुमार कार्कीले बताए । तालिमले किशोरीहरुलाई थप सशक्त, सक्षम र आत्मविश्वास बृद्धि गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्कीको भनाई छ ।

तपाईको प्रतिक्रिया