खेलाडीसँग मुख्यमन्त्री कार्यक्रम

१० जिल्लाको खेलकुदका लागि १ करोड बजेट विनीयोजन

सुर्खेत । मंगलबार वीरेन्द्रनगरको रङ्गशालामा खेलाडीसँग मुख्यमन्त्री कार्यक्रम आयोजना भएको छ । खेल क्षेत्रका प्रतिनिधिहरुले प्रदेशको खेलकुदको विकास र सम्बृद्धिका सवालजवाफ भएको छ ।

कार्यक्रममा मुख्यमन्त्री सँग मुख्यमन्त्री भएपछि हालसम्म खेलकुद क्षेत्रको विकासका लागि गरिएका पहलका बारेमा छलफल भएको छ । उक्त छलफलमा मुख्यमन्त्री शाहीले खेल क्षेत्रको लागि सबै भन्दा महत्वपूर्ण टाइमिङ हुने बताए ।

मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजनाको रुपमा रङ्गशाला बन्दै गरेको साथै प्रत्येक जिल्लामा कभर्डहल बनाउने, खेलाडीहरूको सुरक्षा लगायतका विषयमा गृहकार्य थालिएको समेत बताए । साथै खेलाडीहरूले मुख्यमन्त्री शाहीलाई खेल क्षेत्रका प्रतिनिधिहरुले खेल क्षेत्रका समस्या र पूर्वाधारका विषयमा रहेर प्रश्न राखेका थिए ।

जवाफमा मुख्यमन्त्री शाहीले प्रदेश सरकार देख्ने सरकार भएकाले विविध समस्याहरु भएको भन्दै खेल क्षेत्रको विकासमा जुटिरहेको बताए । उनले १ करोड रकम १० वटा जिल्लाको खेलकुदलाई भनेर छुट्याइएको र प्रत्येक जिल्लामा खेलकुदका पूर्वाधारहरु निर्माण भइरहेका समेत बताए ।

तपाईको प्रतिक्रिया