विश्व उपभोक्ता अधिकार दिवस

उपभोक्ताको हितप्रति सबै पक्ष सकरात्क बन्न पर्यटन मन्त्रीको अनुरोध

सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन)ले उद्योगी, व्यवसायी उपभोक्ताको हितप्रति सम्पुर्ण पक्ष सकरात्क बन्न अनुरोध गरेका छन् । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् ।

मन्त्री लामाले भने, ‘नाफा कमाउने नाममा उपभोक्ताको हितलाई खेलबाड गर्ने जो सुकैलाई कानून अनुसार कारवाही गरिने छ साथै धर्तीमा भएका सबै मानिस उपभोक्ता भएकाले उपभोक्ताको हितप्रति सबै पक्ष जिम्मेवार बन्नु पर्ने आजको आवश्यकता हो ।’

यस्तै मन्त्री लामाले उपभोक्ता अधिकार स्थापित गराउन प्रदेश सरकारले आवश्यक कदम अघि बढाई सकेकोले अब अखाद्य वस्तुको बिक्रीवितरण रोक्नको लागि सबैजना एकवद्धता भएर अगाडी बढ्नुपर्नेमा जोड् दिए ।

यस्तै, कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अखाद्य वस्तुको बिक्रीवितरण रोक्ने कार्य सबैको जिम्मेवारी रहेकाले उपभोक्ता अधिकारसँग सम्बन्धित प्रावधानको कार्यान्वयनमा जुट्नु पर्ने औल्याए । प्रजिअ रिजालले म्याद नाघेका अखाद्य वस्तुको उपभोगमा स्वयम् उपभोक्ता पनि सचेत हुन आग्रह गरे ।

त्यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बजार अनुगमनका क्रममा नियमकानून मात्र नहेरी व्यवहारिक पक्षको पनि ख्याल गर्नुपर्ने बताए । अध्यक्ष रावतले व्यवसायीका सामान जफत गरेर नष्ट गरिनुभन्दा पनि उपभोग्य मिति सकिएका खाद्य वस्तु सम्बन्धित पक्षले फिर्ता लैजाने वातावरण बनाइदिनुपर्नेमा जोड दिए

तपाईको प्रतिक्रिया