दैलेखमा एमालेको नयाँ नेतृत्वको लागि निर्वाचन

सुर्खेत । नेकपा (एमाले) दैलेखको सातौं जिल्ला अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि निर्वाचन हुने शुरू भएको छ । एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले सहमतिको प्रयास गरेपनि सहमति नजुटेपछि आज (बुधबार) बिहानदेखि निर्वाचन शुरू भएको हो ।

झण्डै ६ सय प्रतिनिधि रहेको दैलेख एमालेको अध्यक्षमा सांसद रविन्द्रराज शर्मा र सूर्यबहादुर शाहीको दाबी रहेको छ । यसअघि भएको सबै निर्वाचन प्रक्रिया खारेज भइसकेपछि उपाध्यक्षमा एनके बस्नेतको सट्टामा प्रमेख बुढा वा टोपबहादुर बुढाको नाम आएको छ । अन्य पदमा पनि आज पुनः मनोनयन दर्ता गर्नुपर्ने देखिएको छ ।

नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बा पनि दैलेख पुगेका छन् भने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल समेत दैलेखमा रहेका छन् । आजै साँझ मत गणना हुने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया