प्रेस सेन्टर नेपाल वीरेन्द्रनगरको अध्यक्षमा ठाडा

वीरेन्द्रनगर । प्रेस सेन्टर नेपाल  वीरेन्द्रनगर नगरपालिका सुर्खेतको अध्यक्षमा गणेश ठाडा मगर चयन भएका छन् । बुधबार भएको प्रेस सेन्टर नेपालको पहिलो नगर अधिवेशनबाट ठाडा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा चरित्र विष्ट, पुष्पा बिसी, सचिवमा बिनिता गिरि, सह–सचिव सुर्जा रोकाय, महेन्द्र अधिकारी र कोषाध्यक्षमा बिष्णु पुरी सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, सदस्यहरूमा जेस्मी सुनार, बसन्ती सुनार, मिठु घर्ती मगर, चक्र सुनार, प्रतिमा रोका मगर, दुर्गा सुनार, बिपना कालीराज लगायत २१ सदस्यीय नगर कमिटी गठन भएको प्रेस सेन्टर नेपाल जिल्ला समिति सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया