सुर्खेतमा अन्य पार्टीका नेता–कार्यकर्ता तानातान

सुर्खेत । सुर्खेतमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तानातानको रहर चलेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीति दल नेकपा एमाले, माओवादी, समाजवादी र नेपाली कांग्रेसका नेता–कार्यकर्ताकाे तानातानको लरहनै चलेको हो ।

बिहीबार मात्रै सुर्खेतको वीरेन्द्रनगरमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरि केही नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । पूर्व एमाले समेत रहेका तर, एमाले फुटेर बनेको समाजवादी पार्टीमा प्रवेश गरेका नेता कार्यकर्ताहरू धमाधम एमालेमा फर्कन थालेका छन् ।

समाजवादी पार्टीमा कर्णाली प्रदेशस्तरीय नेता शिवप्रसाद उपाध्याय, वीरेन्द्रनगर पालिका–१० का अध्यक्ष एवम् समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य रत्न बुढा, जागुराम थारु, कृष्णबहादुर थापा र विमला थापालगायतका व्यक्तिहरु एमालेमा फर्किएका छन् । साथै समाजवादी वीरेन्द्रनगर नगरपालिका–१० का वडा सदस्य सुनिता चौधरी पनि एमालेमै फर्किएकी छन् ।

यस्तै, उनीहरूलाई एमाले पार्टीमा स्वागत गर्दै एमाले स्थायी कमिटी सदस्य तथा एमाले प्रदेश इन्चार्ज यमलाल कँडेलले आगामी स्थानीय तहको निर्वाचन पार्टी जीवनका लागि जीवनमरणको सवाल भएको बताए ।

कँडेलले आउने चुनावमा एकतावद्धभै लड्नु पर्ने अवस्था आएकाले जो–जस्ले टिकट पाएपनि विवाद नगरी निर्वाचनमा होमिनुपर्ने अवस्था आएको बताए। आउने निर्वाचनमा सबै दल एकातिर हुने र एमाले एक्लै भिड्नुपर्ने अवस्था रहेको बताउँदै कँडेलले पार्टीप्रती अभुतपूर्व आकर्षण बढेकोले एमाले एकतावद्ध हुँदा सजिलै चुनाव जित्न सकिने बताए ।

तपाईको प्रतिक्रिया