दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगा लागेर दैलेखमा एक जनाको मृत्यु

दैलेख । दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका ६ वडा कार्यालयका कार्यालय सहयोगी गणेश बहादुर खत्रीको ढुंगो लागेर ज्यान गएको हो ।

बेस्तडा प्रहरी चौकीका अनुसार घर नजिकैको दाडीखोला जंगलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो टाउकोमा लागेको थियो । घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया