जुम्लाको सिंजा शनिगााउँमा प्रहरी चौकी स्थापना

जुम्ला । सिंजा गाउँपालिकाका– ५ र ६ लाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । शनिगाउँमा नगिमान कठायतको नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् ।

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले प्रहरी चौकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए । यस्तै, जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक–प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताइन् ।

सिंजा गाउँपालिका–५ का वडाध्यक्ष मुनबहादुर रावतले स्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले प्रहरी चौकीको भौतिक पूर्वाधारजस्ता काममा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया