तेस्रो विश्वयुद्ध शुरु : जेलेन्स्की

किभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु भएको बताएका छन्। अमेरिकी कंग्रेसमा भावुक भएर सम्बोधन गर्दै जेलेन्स्कीले सयौं बालबालिकामाथि रूसी कारबाही देखेर आफू निराश भएको बताए।

जेलेन्स्कीले बुधबार भने कि रूसले तेस्रो विश्वयुद्ध सुरु गरेको हुन सक्छ। एनबीसी न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘के तेस्रो विश्वयुद्ध शुरु भयो, कसैलाई थाहा छैन। यदि युक्रेन यो युद्धमा पराजित भने यो युद्धमा के हुन्छ? यो भन्न धेरै गाह्रो छ।’

उनले ८० वर्षअघि पनि यस्तै अवस्था भएको उल्लेख गर्दै भने‚ ‘दोस्रो विश्वयुद्ध सुरु हुँदा पनि कसैले यसबारेमा भविष्यवाणी गर्न सकेको थिएन।’

युक्रेनमा रूसी आक्रमणपछि पटकपटक ‘विश्वयुद्ध ३’ जस्ता शब्द सुनिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन नेटो यो युद्धमा सामेल भयो भने यो तेस्रो विश्वयुद्ध हुने बताइरहेका छन्। रूसी विदेशमन्त्रीले सर्गेई लाभरोभले पनि तेस्रो विश्वयुद्ध भए आणविक हतियारले लड्ने पनि बताएका थिए।

‘राष्ट्रपति पद छाड्ने छोड्दिनँ’
जेलेन्स्कीले बुधबार अमेरिकी संसद्लाई सम्बोधन गरे। जेलेन्स्कीले बाइडेनलाई युक्रेनमा आमन्त्रण गर्न पाउँदा आफू खुसी हुने बताए। रूसले युद्धविराम सम्झौतामा आफूले राष्ट्रपतिको पद छोड्नुपर्ने माग गरे‚ त्यो आफूलाई मान्य नहुने बताए।

अमेरिकी संसद्लाई सम्बोधन गर्दै उनले बाइडेनलाई ‘विश्व नेता’ बन्न आह्वान गरे र रूसलाई रोक्न थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिँदै अमेरिकाले युक्रेनाई लडाकु विमान दिनुपर्ने माग गरे।

‘जीवनको कुनै मूल्य छैन’
जेलेन्स्कीले भने, ‘म करिब ४५ वर्षको भएँ। आज जब १०० भन्दा बढी बालबालिका मरेको देखेँ। जीवनको कुनै मूल्य नरहेको पाएँ। म अमेरिकी राष्ट्रपति बाइडेनलाई सम्बोधन गर्छु। तपाईं महान् देशका नेता हुनुहुन्छ। तपाईं संसारका नेता बन्नुहोस्। विश्वको नेता हुनु भनेको शान्तिको नेता हुनु हो।’ उनले अमेरिकी सांसदहरूलाई युद्धपछि ध्वस्त भएको युक्रेनको भिडियो पनि देखाए।

यस क्रममा उनको सम्बोधन अघि र पछि अमेरिकी सांसदहरूले युक्रेनी राष्ट्रपतिलाई उठेर अभिवादन गरेका थिए। जेलेन्स्कीले पर्ल हार्बरको आतंकवादी हमला र सन् २००१ को सेप्टेम्बर ११ को स्मरण गरे। रूसविरुद्ध लड्न थप मद्दतको लागि अमेरिकी संसद्लाई अपील गरे। उनले भने, ‘हामीलाई अहिले तपाईंको सहयोग आवश्यक छ। म तपाईंलाई थप (सहयोग गर्न) अपील गर्दछु।’ उनले रूसीहरूलाई थप आर्थिक प्रतिबन्ध लगाउन आह्वान गरे।

तपाईको प्रतिक्रिया